आर्थिक

हुम्लालाई राष्ट्रिय सडक संजालसँग जोड्न चुनौती

- जनकबहादुर शाहीहुम्ला

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोड्न चट्टाने भीर चुनौती देखिएको छ । कर्णाली करिडोर ट्रयाक खुल्न १ सय ५० मिटर कडा चट्टाने भीर मात्र बाँकी छ । नेपाली सेनाले हुम्लाको ग्युसीदेखि लालीबगरसम्मको ११ किलोमिटर खण्डमा काम गरिरहेको छ ।

सेनाले ११ मध्ये साढे १० किलोमिटर ८ सय ५० मिटर कडा चट्टान फोडेर ट्रयाक खोले पनि १ सय ५० मिटर कडा चट्टाने भीरका कारण राष्ट्रिय सडक सञ्जालमा सिमकोटलाई जोड्न चुनौती बनेको हो । बाँकी १ सय ५० मिटर ट्रयाक खुलेसगै चीनसग स्थल मार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिने छ ।

सेनाले काम गरिरहेको अहिलेको खण्डमा ८३ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका सुनाखाडाले जनाएको बराह दल गुल्म रानिवन ब्यारेक सिमकोटका गुल्मपती सेनानी दिनेश खड्काले बताउनुभयो ।