तरकारीमा लाग्ने माटोजन्य रोगको अध्ययन नार्कले गर्दै
- काठमाडौंनेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तरकारी बालीमा माटोजन्य रोगहरुका अध्ययनका लागि ‘फिड फर फ्युचर’ कार्यक्रम सुरु गरेको छ । सो अन्र्तगत ‘हर्टिकल्चर इनोभेसन ल्याब’ मार्फत तरकारी बालीको माटोजन्य रोगको अनुसन्धान गरिने नार्क अन्र्तगत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले बताउनुभयो ।
तरकारी बालीमा लाग्ने माटोजन्य रोगको व्यवस्थापनका लागि परीक्षण, प्रामणकिरण तथा प्रविधि विस्तार यस परयोजनाको मुख्यकार्य रहेको खड्काको भनाई छ । तीन वर्षको समयामा स्थानीय स्रोत साधनमा आधारित माटोजन्य रोग व्यवस्थापनका प्रविधिहरुको विकास एवम् अवलम्बनबाट कृषकहरुमा खाद्य र पोषण सुरक्षा गरिने सो कार्यक्रमको उद्देश्य छ । परियोजनामा ६ करोड ६६ लाख ६० हजार रुपैयाँ अमेरिकी नियोग यूएसएआइडीको लगानी रहेको नार्कले जनाएको छ ।