आर्थिक

हुम्तो ब्रान्डका सामग्रीको विक्री नेपालमा शुरु

काठमाडौं

हाइकिङ र ट्रेकिङमा आवश्यक पर्ने लत्ताकपडा र जुत्ताका लागि प्रसिद्ध ब्रान्ड ‘हुम्तो’ का विभिन्न सामग्रीले नेपाली बजारमा प्रवेश पाएको छ । सो ब्रान्डका सामग्री वितरणका लागि कुमारी इन्क प्राइभेट लिमिटेडले कम्पनीबाट आधिकारिक विक्रेताको मान्यता पाएसँगै यसको विक्री नेपाली बजारमा भएको हो ।

सो ब्रान्डका सामग्री विक्रीका लागि काठमाडौंको न्युरोडस्थित नेपा कम्प्लेक्समा शो–रुमसहितको विक्री केन्द्र स्थापना भएकोे छ । उक्त शो–रुमको अल्ट्रा म्याराथन धावक मिरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य, कराँते खेलाडी मण्डेकाजी श्रेष्ठ, राष्ट्रिय फुटवलर विकेश कुथु र हुम्तो ब्रान्डका सिइओ लिउ लियाङबिनले उद्घाटन गर्नुभयो । शोरुममा ट्रेकिङ र आउटडोर स्पोर्टस्का जुत्ता, ज्याकेट, टीसर्ट, क्याप, ब्याग, क्याम्पेन टेन्ट लगायत सामग्री उपलव्ध छन् ।

हुम्तो नेपालका प्रवन्ध निर्देशक (एमडी) आशिष थापाका अनुसार ग्राहकको रोजाइ अनुसारका सामग्री नेपाली बजारमा भित्र्याइएको छ । नेपाली बजारमा गुणस्तरिय सामग्री ल्याउन आफूहरु प्रतिवद्ध रहेको थापाले बताउनुभयो ।

हाङकिङ र ट्रेकिङ सामग्रीसँगै स्पोर्टस् वेयर र अन्य लत्ता कपडा उत्पादनमा विस्तार भएको हुम्तो सन् १९८५ मा अमेरिकाबाट शुरु भई ३५ भन्दा बढी देशमा विस्तार भइसकेको ब्रान्ड हो ।