आर्थिक

नेपाल चीनबीच व्यवसाय परिषद् गठन गर्ने समझदारी

- केएफएम डेस्ककाठमाडौंं

नेपाल उद्योग परिसंघ (सिएनआइ) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच लगानी तथा द्धिपक्षीय सहकार्य प्रबद्र्धन गर्न नेपाल चीन व्यवसाय परिषद् गठन गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा दुई देशका व्यवसायीबीच सो समझदारी भएको हो । समझदारी पत्रमा सिएनआईका अध्यक्ष राजेश कुमार अग्रवाल र सीसीपीआईटीका अध्यक्ष चाङ साओगाङले हस्ताक्षर गर्नुभएको छ ।

परिषद्मार्फत् द्धिपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरको सदुपयोग गर्ने तथा व्यवसायीक समुदायको विकासका लागि सहजीकरणमा सहजता ल्याउने विश्वास गरिएको छ । परिषद्मा चार सदस्य रहनेछन् । प्रत्येक संस्थाबाट दुईजना प्रतिनिधि रहने व्यवस्था छ ।