आर्थिक

चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब ५९ अर्बको वस्तु आयात

- केएफएम डेस्ककाठमाडौंं

चालु आर्थिक वर्षको साउन र भदौमा कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा गत वर्षको तुलनामा ५ प्रतिशतले आयात कम भएको हो । गत वर्ष सोही समयावधिमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात घट्दा मुलुकको व्यापार घाटामा पनि कमी आएको छ ।

दुई महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोडमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा थियो ।