आर्थिक

प्रशारणलाईनका प्रभावितले प्रशासनमा दिए धर्ना

- दीपेन्द्र शाक्यसंखुवासभा

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् लैजाने चार सय केभीए प्रसारण लाइनमा जमिनका जग्गाधनीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । प्रशारण लाईनको १४ वटा टावरको मुआब्जा बापतको रकम पाँचदेखि आठ लाख रुपैयाँसम्म प्रतिरोपनी दिने जिल्ला प्रशासनको निर्णयविरुद्ध उनीहरुले धर्ना दिएका हुन् ।

जग्गाधनीले जग्गाको मूल्यांकन कम तोकिएको भन्दै जिल्ला प्रशासन, खाँदबारी नगरपालिका, ऊर्जा मन्त्रालय र गृह मन्त्रालयमा समेत मुआब्जाको दर रेट पुनरावलोकनको माग गरेका छन् ।