आर्थिक

कोशी करिडोर २ सय २० केभी प्रसारण लाइन सञ्चालनमा

- केएफएम डेस्ककाठमाडौं

कोशी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।

अरुण र तमोर नदी लगायत क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई सो सव स्टेशन सुनसरीको इनरुवा सब स्टेसनमा जोडिने विद्युत प्राधिकरणले जनाएको छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ताप्लेजुङ, तेह्रथुम, र भोजपुर जिल्लामा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न सहज हुने बताउनुभयो ।