सिद्धार्थ सञ्जालको विरोधका कार्यक्रम स्थगित
- भैरहवाभैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडानको माग राख्दै दूई सातादेखि जारी विरोधका कार्यक्रम स्थगित भएको छ ।
सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा गत मंसिर २२ गतेदेखि चरणबद्ध रुपमा सुरु भएको विरोधका कार्यक्रम विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्ने प्रतिबद्धतापछि स्थगित गरिएको हो ।
सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान संचालन गर्न सरोकारवाला निकायले पहल गर्ने र नागरिक उड्ययन प्राधिकरणले समन्वय गर्ने प्रतिबद्धतासँगै विरोधका कार्यक्रम स्थगन गरिएको बताउनुभयो ।
सरकारी प्रतिबद्धता अनुरुप दुई महिना भित्र कुनै नतिजामुखि काम नभए पुन विरोधका कार्यक्रम सुरु गरिने सञ्जालले जनाएको छ ।