सामसङले ल्यायो नयाँ वर्षमा छुट अफर
- काठमाडौंइलोक्ट्रोनिक्स कम्पनी सामसङले नेपालीहरुको नयाँ वर्ष २०८१ लाई लक्षित गरी विभिन्न अफर ल्याएको छ ।
सामसङले नयाँ वर्षलाई लक्षित गरी आकर्षक छुट, एक्सचेन्ज सुविधा र सहज इन्स्टा फाइनान्सका साथ ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर सार्वजनिक गरेको हो ।
यो अफर अन्तर्गत ग्राहकले सामसङका कुनै पनि घरासयी उपकरण खरिद गर्दा आर्कषक छुट पाउने कम्पनीले जनाएको छ ।
टीभी खरिद गर्दा ३८ प्रतिशत, फ्रिज र र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट पाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रुपमा सामसङ टीभी, फ्रिज र वासिङ मेसिनको खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यो छुट सुविधा आगामी जेठ २ गतेसम्म लागू हुनेछ ।