आर्थिक

नेपालबाट १० महिनामा ३ अर्ब बढीको सिमेन्ट र क्लिकंर निर्यात

- केएफएम डेस्ककाठमाडौं

नेपालबाट चालु आर्थिक वर्षको १० महिनामा ३ अर्ब रुपैयाँ बढीको सिमेन्ट र क्लिकंर निर्यात भएको छ ।

चालु आर्थिक वर्ष २०८०÷ ८१ को दश महिनासम्म ३ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिकंर निर्यात भएको हो । भन्सार विभागका अनुसार १ अर्ब ६६ करोड ८७ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको विभागको भनाइ छ ।

यस्तै १ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ बराबरको क्लिकंर निर्यात भएको छ । यसैबीच, विभागका अनुसार १० महिनामा भारतबाट ४ करोड १४ लाख ६८ हजार रुपैयाँ बराबरको सिमेन्ट नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्ष सोही अवधिमा २७ करोड ७५ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात गरिएको थियो ।