आर्थिक

यसवर्ष रासायनिक मलको अभाव हुँदैनः कृषि मन्त्रालय

- केएफएम डेस्ककाठमाडौं

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले खेतीको सिजनमा रासायनिक मलको अभाव नहुने बताएको छ ।

हाल ९६ हजार मेट्रिक टन मल मौज्दात रहेको जनाउँदै मन्त्रालयले मलको अभाव हुन नदिने बताएको हो ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कृषि मन्त्री ज्वालाकुमारी साहले असार मसान्तसम्म थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रने बताउनुभयो ।

मन्त्री साहका अनुसार, आगामी आर्थिक वर्ष २०८१÷०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिनिधिसभामा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री साहले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने समेत बताउनुभयो ।

२ लाख ५० हजार मेट्रिक टन मल खरिदका लागि टेण्डर आह्वान भइसकेको उहाँले जानकारी दिनुभयो ।