आर्थिक

११ महिनामा १४ खर्बको बस्तु आयात हुँदा निर्यात १ खर्ब मात्र

- केएफएम डेस्ककाठमाडौं

चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ दशमलव ८४ प्रतिशतले कम आयात भएको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १ दशमलव ७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।

मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । विभागका अनुसार १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ।मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची,फलाम तथा स्टिल छन् ।

चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । विभागका अनुसार ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।