आर्थिक

४० मेगावाटको सुपर न्यादी जलविद्युत परियोजना एक वर्ष ढिला हुने

- आश गुरुङ लमजुङ

लमजुङको उत्तरी भेग ङादीखोलामा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत परियोजनाबाट अर्को वर्षमात्रै विद्युत उत्पादन हुने भएको छ । 

असार मसान्तभित्र विद्युत उत्पादन गर्ने कार्यतालिका बनाएपनि निर्माणको समयावधि १ वर्ष थपिएको परियोजनाले जनाएको छ । 

मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादीखोलामा निर्माणाधीन परियोजनाको काम ७२ प्रतिशत सकिएको परियोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङले बताउनुभयो । 

गुरुङका अनुसार काम दू्रत गतिमा अघि बढेपनि बाढीपहिरोले समस्या भएको छ । सिउरी न्यादी पावर लिमिटेडको प्रवद्र्धनमा निर्माण भइरहेको परियोजनाको काम २०७६ माघ महिनाबाट सुरु भएको हो ।