आर्थिक

पेट्रोल र डिजेलको मुल्यमा वृद्धि

- केएफएम डेस्ककाठमाडौं

नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मुल्य वृद्धि गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मुल्यसूची अनुसार निगमले मुल्य वृद्धि गरेको जनाएको हो ।

जसअनुसार पेट्रोलको मुल्य ४ तथा डिजेल तथा मट्टितेलको मुल्य ३ रुपैयाँले वृद्धि भएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै वृद्धि गरिएको मुल्य राति १ बजेबाट लागू हुने जनाएको हो ।

आयल निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ ४८ पैसा र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँ ८३ पैसा बढाएर पठाएको छ ।

यसअघि पेट्रोलको मुल्य १ सय ६७ रुपैयाँ प्रतिलिटर तिर्दै आएका काठमाडौंका उपोभोक्ताले अब १ सय ७१ रुपैयाँ तिनुपर्ने छ ।

यस्तै १ सय ५७ रुपैयाँ पर्ने डिजेट मट्टितेलको मुल्य १ सय ६० रुपैयाँ पर्नेछ ।