आर्थिक

चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या अहिलेसम्मकै उच्च

- रमेशकुमार पौडेलचितवन

गत आर्थिक वर्षमा ३ लाख ६ हजार ८ सय ३७ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।

वन्यजन्तु अवलोकनबाट निकुञ्जले गत वर्ष ३६ करोड ७२ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

त्यसअघि आर्थिक वर्ष ०७९ ÷ ८० मा २ लाख ९९ हजार ४ सय १२ जनाले निकुञ्ज अवलोकन गर्दा २९ करोड ८९ लाख रुपैयाँ बराबर राजश्व उठेको निकुञ्ज कार्यालयले जनाएको छ ।

गएको आर्थिक वर्षमा निकुञ्ज घुम्ने पर्यटकको संख्या र राजश्व अहिलेसम्मकै उच्च भएको निकुञ्जका सूचना अधिकारी एवंम् संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो ।

निकुञ्ज घुम्ने पर्यटकमा सार्क राष्ट्रभन्दा बाहिका पर्यटकको संख्या ९४ हजार ५० जना छ । सार्क देशका ३६ हजार ४ सय ७१ जनाले निकञ्जको भ्रमण गरेका छन् ।