एक वर्षमा वीरगन्ज भन्सारबाट ६ खर्ब रुपैयाँ बढीको आयात
- काठमाडौंवीरगन्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा ६ खर्ब रुपैयाँ बढीको वस्तु तथा सामान आयात भएको छ ।
आर्थिक वर्ष २०८० ÷८१ मा ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको हो ।
गत आर्थिक वर्षमा ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार रुपैयाँ बराबरका नेपाली वस्तु नेपाल बाहिर निर्यात भएको छ ।
विदेशी मुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा सो नाकाबाट हुने व्यापार नै खुम्चिएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो ।