वाणिज्य बैंकहरूको नाफा १३ प्रतिशतले वृद्धि
- काठमाडौंगत आर्थिक बर्षमा वाणिज्य बैंकहरूको नाफा औसतमा १३ प्रतिशतले बढेको छ ।
बैंकहरूले सार्वजनिक गरेको अघिल्लो वर्षको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा करिब १३ दशमलव ४० प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा करिब ७ प्रतिशत मात्र प्राप्ति हुने देखिएको छ भने ब्याजदर पनि निरन्तर घटिरहेको छ ।
गत आर्थिक वर्षमा बैंकहरूको कुल नाफा ६४ अर्ब १५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७९÷८० मा बैंकहरुको सो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।