आरिफ र आसिफ टेक्नो नेपालको ब्रान्ड एम्बासडर नियुक्त
-क्रिकेटर आरिफ शेख र आसिफ शेख प्रतिष्ठित टेक्नो नेपालको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा टेक्नो नेपालले नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।
टेक्नो नेपालले आफ्नो यात्रा, भिजन र नेपाली उपभोक्ताका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धता जनाएको छ । युवा र ऊर्जावान खेलाडीका रुपमा परिचित आरिफ र आसिफले टेक्नो ब्रान्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ को भावलाई दर्शाउने सो कम्पनीको विश्वास छ ।
टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले आरिफ र आसिफलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रुपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रुपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । उहाँहरुको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङ्सँग मेल खान्छ’, उहाँले भन्नुभयो, ‘हामी आशा गर्छौं कि टेक्नोसँगको उहाँहरुको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ ।’
सो अवसरमा आरिफ शेखले यो साझेदारी र यसले दर्शकलाई संलग्न गराउने सम्भावनाबाट उत्साहित भएको बताउनुभयो । ‘म यो साझेदारी र यसले दर्शकलाई संलग्न गराउने सम्भावनाबाट उत्साहित छु,’ उहाँले भननुभयो, ‘एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ ।’
यस्तै, आसिफले अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो । ‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रुपमा मिल्दोजुल्दो रहेको छ!, उहाँले भननुभयो, ‘यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु । यसले मलाई फ्यानहरुसँग जोडिने अवसर सिर्जना गर्नेछ ।’
टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै यस सहकार्यले आफूहरुलाई युवा पुस्तासँग जोडिन मद्दत गर्ने बताउनुभयो । ‘मैदानमा उहाँहरुको असाधारण प्रदर्शन र युवालाई प्रेरणा दिने क्षमताले टेक्नोको अत्याधुनिक विशेषताहरु झल्काउँछ’, भण्डारीले भन्नुभयो, ‘टेक्नोको इन्नोभेसन प्रतिको समर्पण र जोशसँगै यस सहकार्यले हामीलाई युवा पुस्तासँग जोडिन मद्दत गर्नेछ ।’
कार्यक्रममा पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो । नेपालमा ७७ जिल्लामा टेक्नो ब्रान्डको बलियो उपस्थिति रहेको छ भने १० प्रतिशत बजार हिस्सा ओगटेको छ । टेक्नो ब्रान्ड नेपालको पाँचौं शीर्ष ब्रान्ड हो ।
टेक्नो १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने एक मात्र ब्रान्ड हो । साथै टेक्नो नेपालमा लगानी गर्न, साझेदार र खुद्रा विक्रेताका लागि उत्कृष्ट अवसर प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित रहेको कम्पनीले जनाएको छ । यस साझेदारीका साथ उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यमा स्टाइलिश र नवीन प्रविधि प्रदान गर्ने आफ्नो मिशन जारी राख्ने टेक्नो नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।