विद्युत चुहावट १२ प्रतिशतमा झरेको प्राधिकरणको दाबी
- काठमाडौं
नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणाली मार्फत् भइरहेको विद्युत चुहावटलाई कम गरिएको जनाएको छ ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भएकोमा गत आर्थिक वर्ष २०८०÷८१ सम्म १२ दशमलव ७३ प्रतिशत मात्र विद्युत चुहावट भएको छ ।
ठूला क्षमताका प्रसारण लाईन तथा सबस्टेसन सञ्चालन, सबस्टेसनको क्षमता वृद्धि तथा सुदृढीकरण एवं स्मार्ट मिटरको प्रयोगमा प्रोत्साहन गर्ने लगायत अभियानले विद्युत चुहावट नियन्त्रण हुँदै गएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणको सो कदमपछि प्रतिवर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी गरेको छ । विगत आठ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण अघिल्लो वर्ष सम्ममा ४७ अर्ब ४१ करोड रुपैयाँ नाफामा छ ।