आर्थिक

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाईनको विद्युत

- केएफएम डेस्क काठमाडौं

नेपाल विद्युत प्राधिकरणले नवलपरासीको सुस्ता गाउँपालिकामा राष्ट्रिय प्रसारण लाईनको विद्युत पुगेको जनाएको छ ।

नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्याइएको हो ।

सुस्ताबस्तीमा विद्युत् आपूर्तिका लागि १ सय केभिए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मको जडान र परीक्षण सम्पन्न पश्चात सो बस्तीमा रहेका ३ सय ५० घरधुरीलाई विद्युत आपुर्ति दिन सुरु गरिने प्राधीकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताउनुभयो ।