आर्थिक

विभिन्न हिमाल आरोहणका लागि ३ सय ६२ जनाले लिए अनुमति

- केएफएम डेस्क काठमाडौं

यसवर्षको हालसम्म विभिन्न हिमाल आरोहणका लागि ३ सय ६२ जनाले अनुमति लिएका छन् । 

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विभिन्न समूहका २ सय ७४ जना पुरुष र ८८ जना महिलाले विभिन्न १० हिमाल आरोहणका लागि उनीहरुले अनुमति लिएका हुन् । उनीहरुबाट ४ करोड ५२ लाख ४५ हजार ८ सय ४८ रुपैयाँ राजस्व संकलन भएको छ ।

 सबैभन्दा धेरै ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागि २८ समूहका २ सय २६ पुरुष र ८२ जना महिलाले अनुमति लिएका छन् । 

उनीहरुबाट ३ करोड ७१ लाख ४३ हजार १ सय ४३ रुपैयाँ राजस्व संकलन भएको छ । त्यसपछि धौलागिरि प्रथम हिमाल आरोहणका लागि १४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट १६ लाख ८९ हजार ३० रुपैयाँ राजस्व संकलन गरिएको छ ।