आर्थिक

सुनको मुल्यमा आज सामान्य गिरावत

- केएफएम डेस्ककाठमाडौं

नेपाली बजारमा सुनको मुल्यमा आज सामान्य गिरावट आएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौ दिन आज सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

सुन हिजो प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै सुनसँगै चाँदीमा पनि सामान्य दरले घटेको छ ।

आज चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ भने हिजो चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।