मुख्य नाकाबाट चाडपर्वमा पनि भित्रिएनन् नयाँ सवारी साधन
-दशैं, तिहार जस्ता चाड पर्व नजिकिदै गर्दा पनि यस बर्ष वीरगन्जका दुबै भन्सारका यार्डमा बिगतका बर्षहरुको जस्तो नयाँ सवारी साधनको भिड देखिएको छैन । सबैभन्दा बढी नयाँ सवारी साधन आयात हुने नाका वीरगन्ज भन्सार नाकामा जीप, कार, भ्यान तथा बस ट्रकका चेसिसहरु अत्यन्त कम रहेको हाम्रा सहकर्मी शंकर आचार्यले जनाएका छन् ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी परिसरमा ३ सय ३५ वटा मात्र नयाँ जीप, कार, भ्यान तथा अन्य सवारी छन् । ती सवारी भारत तथा तेश्रो मुलुकबाट भित्रिएका हुन् । सञ्चालककम्पनी ट्रान्स हिमालय लजिपार्कका प्रशासन प्रमुख गणेश घिमिरले आफ्नो २ दशक लामो अनुभवमा चाडपर्वको मुखमा यस्तो मन्दी नदेखेको बताउनुभयो ।