आर्थिक

भुक्तानी नभए आन्दोलन गर्ने तयारीमा निर्माण व्यवसायी

काठमाडौं

अनुज्ञा बस्नेत (प्रशिक्षार्थी पत्रकार)

नेपाल निर्माण व्यवसायी महासंघले मुलुकका विभिन्न भागमा निर्माण पूरा भएका विकास आयोजनाको भुक्तानी तत्काल गर्न सरकारलाई आग्रह गरेको छ । महासंघले काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै आयोजनाको भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

महासंघका अध्यक्ष रवि सिंहले विगत आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि आफूहरुले नपाएको र त्यसबाट निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको बताउनुभयो । सरकारले रकम तत्काल निकासा हुने प्रतिवद्धता गरेपनि रकम भुक्तानी नहुँदा व्यवसायीहरूको राज्यमाथिको भरोसा टुट्ने अवस्थामा पुगेको सिंहले टिप्पणी गर्नुभयो ।

महासंघले दशैं तिहारजस्ता चाडपर्वका बेला निर्माण व्यवसायी र उनीहरुसँग आश्रित परिवार र मजदुरलाई राहत दिन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।