आर्थिक

साउन महिनामा १ खर्ब ३६ अर्ब बढी रेमिट्यान्स नेपाल भित्रियो

- केएफएम डेस्ककाठमाडौं

चालु अर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्ष भन्दा सुधार देखिएको छ । 

साउन महिनामा मात्र रेमिट्यान्स १८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज चालु अर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

 अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स २२ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ८७ करोड ९८ लाख.थियो ।