आर्थिक

बाढीपहिरोले २ अर्ब रुपैयाँ बढीको जलविद्युत क्षेत्रमा क्षति

- केएफएम डेस्ककाठमाडौं

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले अविरल वर्षापछि आएको बाढीपहिरोले २ अर्ब रुपैयाँ भन्दा बढीको जलविद्युत क्षेत्रमा क्षति पुगेको जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले ११ वटा जलविद्युत् आयोजनामा गरी २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार करिब १ हजार १ सय मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द छ ।

वर्षाले १ हजार १० दशमलव २९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको मन्त्री खड्काको भनाइ छ ।

त्यस्तै मन्त्रालयका अनुसार सिंचाई क्षेत्रमा करिब १ अर्ब ३५ करोड रूपैयाँ बराबरको क्षति पुगेको छ । विभिन्न सिँचाइ आयोजना तथा नदि नियन्त्रणमा क्षति पुगेको मन्त्रालयकी सिँचाइ सचिव सरिता दुवाडीले जानकारी दिनुभयो ।