आर्थिक

लार्चास्थित पुल भोटेकोसीले बगाएपछि सामान बोकेका कन्टेनर नाका पारी रोकिए

- केएफएम डेस्ककाठमाडौं

सिन्धुपाल्चोकको तातोपानी जोड्ने कोदारी राजमार्गको लार्चास्थित पुल भोटेकोसी खोलाले बगाएपछि मालवाहक कन्टेनर नाका पारी रोकिएका छन् ।

 गत शुक्रबार देखि आएको अविरल वर्षाका कारण तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयबाट भन्सार प्रक्रिया सकेका कन्टेनर लार्चा पारी रोकिएका हुन् ।

 भोटेकोसी नदीले बेलिबिज्र बगाएसँगै बाह्रबिसे र राजधानी जोड्ने सडक सम्पर्क टुटेको भोटेकोसी गाउँपालिका अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।

 लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुल छेउको भाग लिपिङ खोलामा आएको बाढीले ध्वस्त बनाएपछि जोखिमपूर्ण अवस्था बनेको छ ।