आर्थिक

राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रमलाई बट्टाई र टर्कीको माग धान्न कठिन

- शंकर आचार्य पर्सा

देशका विभिन्न भागबाट बट्टाई र टर्कीको माग उच्च भएपछि पर्सास्थित राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरले माग धान्न नसकेको जनाएको छ ।

 कार्यक्रम प्रमुख पूर्णभद्र चापागाईका अनुसार अण्डा उत्पादनका लागि ३ सयको संख्यामा बट्टाई तथा १ सय टर्की पालिएपनि माग अनुसार उत्पादन हुन नसकेको हो । 

हालसम्म एक हजार टर्कीको चल्ला बुक भई सकेको र सो संख्यामा बट्टाइको चल्ला पनि बुक भईसकेको उहाँले बताउनुभयो । गत बर्षनै पर्खाइमा रहेका किसानलाई यस वर्ष प्राथमिकतामा राखिने चापागाईको भनाइ छ ।