आर्थिक

बाढी पहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु

- केएफएम डेस्ककाठमाडौं

अर्थ मन्त्रालयले गत केहीदिन अघि गएको बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको जनाएको छ ।

 अर्थमन्त्रीको सचिवालयकाअनुसार अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोले पुर्याएको क्षति उद्दार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले गृहकार्य गर्न निर्देशन दिनु भएको हो । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढी पहिरोले निजी आवास, सडक, जलविद्युत, शैक्षिक संस्था, कृषि, व्यवसाय तथा मानवीय क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले राहत र पुनर्निर्माणलाई व्यवस्थित रुपमा अघि बढाई आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

त्यस्तै बाढी पहिरोले क्षति गर्नु अगावै अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुखतर्फ गएको भन्दै तथ्याङ्क सार्वजनिक गरेका थिए ।