आर्थिक

मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा

काठमाडौं

पर्वको अवसरलाई लक्षित गरी व्यवसायिक संस्था सूर्य नेपाल भेन्चर्सले नयाँ उत्पादन “मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार आकर्षक प्याकेजिङ्गसहित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटी उपलव्ध छन् ।

सो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको समिश्रण भएको कम्पनीले जनाएको छ । गुणस्तरीयता कायम राखी मंगलदिप पुजाअगर बत्तीले ब्राण्डप्रति उपभोक्ताको लगावलाई अझ बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।

मंगलदीपपूजा अगरबत्तीअन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारा, सयपत्री लगायतका विभिन्न ब्राण्डहरु बजारमा उपलव्ध छन् ।