आर्थिक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड रुपैयाँ सङ्कलन

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोषमा जम्मा भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।

 कोषमा संस्थागत तथा व्यक्तिगत रुपमा रकम जम्मा भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली संघले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् । 

यस्तै, नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायतले पनि कोषमा रकम जम्मा गरेका छन् ।