आर्थिक

वीरगञ्जमा २५ सय टन युरिया मल आईपुग्यो

- शंकर आचार्य

कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जमा २५ सय टन युरिया मल आईपुगेको छ । आपूर्तीकर्ता सन इन्टरनेशनलले ब्रुनाईबाट खरिद गरी सो मल ल्याएको हो । समुद्री मार्गबाट कोलकाता बन्दरगाहसम्म ल्याइएको युरिया मल कोलकाताबाट सिधै वीरगन्ज ल्याइएको छ । 

कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार वीरगञ्ज स्थित सिर्सिया सुक्खा बन्दरगाहमा युरिया मल आईपुगेको छ भने केही दिनमा थप ५ हजार टन मल आउने तयारीमा छ । कूल ३० हजार टन मध्ये ११ हजार ८ सय वीरगञ्ज, ९ हजार ५ सय भैरहवा र बाँकी विराटनगर प्रादेशिक कार्यालयले पाउने उहाँको भनाई छ ।

यसैबीच आगामी हिउँदे बाली गहुँ तथा दलहन र तेलहन बाली लगाउनु अगावै मल मौज्दात रहने भएकाले यसवर्षको हिउदै बालीमा मलको अभाव नहुने कार्यालयको दावी छ । कम्पनीले मधेश प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका समेत केही जिल्लामा मल पठाउँदै आएको छ ।