आर्थिक

सुनको मुल्यमा ७ सय रुपैयाँले गिरावट

- केएफएम डेस्ककाठमाडौं

सुनको मुल्य नेपाली बजारमा आज ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

कारोबारको अघिल्लो दिनको तुलनामा सुनको मुल्य आज घटेको हो । यसअघि हिजो सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

 यसैबीच चाँदीको मूल्य पनि सामान्य दरले घटेको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले घटेको हो । त्यस्तै चाँदी आज प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भएको छ भने हिजो २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।