प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ बढी संकलन
- काठमाडौंप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८५ करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ सङ्कलन भएको हो ।
कोषमा संवैधानिक आयोग, सरकारी, गैरसरकारी संघसंस्था र व्यक्तिगत तर्फबाट रकम जम्मा गरिएको छ ।
कोषमा राष्ट्रिय वाणिज्य बैंकले २ करोड, नेपाल बैंक लिमिटेडले २ करोड, कृषि विकास बैंकले १ करोड ५० लाख तथा भाटभटेनी सुपर मार्केटले १ करोड ११ लाख ११ हजार रुपैयाँ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२ लाख रुपैयाँ जम्मा गरेका छन् ।