कात्तिक महिनामा भित्रियो ६१ करोड बढीको वैदेशिक लगानी प्रतिबद्धता
- काठमाडौंउद्योग विभागले चालु आर्थिक वर्षको चौथो महिनामा ६१ करोड रुपैयाँ बढीको वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ को कात्तिक महिनामा ६१ करोड ३७ लाख ९६ हजार ८ सय रुपैयाँको लगानीे प्रतिबद्धता आएको हो । जुन अघिल्लो महिनाको तुलनामा बढीे हो ।
असोज महिनामा १५ करोड १० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । यो आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कूल १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ । म्यानुअल प्रणालीबाट २३ वटा उद्योगमा १ अर्ब ६१ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको हो ।
कात्तिक महिनामा १ सय ५१ वटा साना , मध्यम १ वटा र ठूला २ वटा उद्योगमा लगानीको प्रतिबद्धता आउँदा १ हजार १ सय २४ जनाले रोजगारी पाउने विभागले उल्लेख गरेको छ । यसैबीच विभागका अनुसार कात्तिक महिनाको प्रतिबद्धता अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा १ सय १३ दशमलव ७२ प्रतिशत, सेवा क्षेत्रमा २० दशमलव १३ प्रतिशत, निर्माण क्षेत्रमा १३ दशमलव ८ प्रतिशतको लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।