टू–पीएम ब्राण्डलाई “फ्युचर फरवार्ड ब्रान्ड” अवार्ड प्रदान
- काठमाडौंनेपालको प्रिमियम तथा लोकप्रिय टू–पीएम ब्राण्डको चाउचाउलाई भारतमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
मुम्बईमा आयोजित कार्यक्रममा सो ब्राण्डलाई “फ्युचर फरवार्ड ब्रान्ड” को मान्यता समेत प्रदान गरिएको छ ।
जसलाई भारतमा सार्वजनिक गरिएको ब्राण्डहरु मध्ये सफल हुन सहयोग पुग्ने विश्लेशण गरिएको छ । सो ब्राण्डले नूडल्स र स्न्याक्सहरू भारतका उपभोक्ताहरूलाई गुणस्तर, स्वाद र नवीनता प्रदान गर्दै निरन्तर वृद्धिको तयारी अघि बढाएको छ ।
सम्मान ग्रहण गर्दै ब्राण्डका प्रतिनिधि वेदान्त जजुले आफ्नो ब्राण्डको चाउचाउ र खाजाका परिकार भारतीय उपभोक्ताहरु माझ लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।