आर्थिक

नेप्से २४ दशमलव ९७ अंकले घट्दा ९ अर्ब माथि कारोबार

- केएफएम डेस्ककाठमाडौं

सेयर कारोबार मापक नेप्से २४ दशमलव ९७ अंकले घट्दा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

अघिल्लो कारोबारको तुलनामा आज ६१ करोड १२ लाख ४९ हजार ६ सय ७रुपैयाँ बढी कारोबार भएको हो ।

कारोबारको अघिल्लो दिन नेप्से १७ दशमलव ८० अंकले बढ्दा ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबर कारोबार भएको थियो ।

नेप्से आज सुरुवाती समयमा २ हजार ७ सय ९५ दशमलव ५८ बिन्दूबाट सुरु भएको कारोबार विभिन्न उत्तारचढावका बीच २ हजार ७ सय ५० दशमलव ८७ बिन्दूमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै कारोबारमा आएका ३ सय २० वटा कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिदबिक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।