चार महिना भित्र लेखा परीक्षण सम्पन्न गर्न अर्थमन्त्रालयले निर्देशन
- काठमाडौंपछिल्लो नौ वर्ष देखि लेखा परीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई आगामी चार महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ ।
अर्थमन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७१÷०७२ देखि लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताउनुभएको थियो।
लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई मन्त्री पौडेलले निर्देशन दिन भयो ।
बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने निर्णय भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।