हेटौंडाबाट विद्धुत प्राधिकरणको ७ करोडको सामान हरायो
- काठमाडौंहेटौंडा उपमहानगरपालिका—५ भैरव रोडस्थित नेपाल विद्युत प्राधिकरणको जिन्सी शाखावाट करिब ७ करोड रुपैयाँ बराबरको सामान हराएको पाइएको छ ।
हेटांैडाको जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेख अनुसारका सामान नपाइएपछि सामान हराएको घटना सार्वजनिक भएको हो । एक दशक भन्दा लामो समय कार्कीले जिन्सी शाखाको प्रमुख भएर काम गर्नुभएको थियो ।
जिन्सी शाखावाट उहाँलाई हटाएर रमेश पराजुलीलाई प्रमुख वनाएपछि सामानहरु बुझाउने क्रममा अभिलेखमा सामान देखिने तर यथार्थमा सामान नभेटिएपछि १८ महिना अघि प्राधिकरणले छानविन समिति गठन गरेको थियो ।
सो समितीले स्थलगत अध्ययन गरि दुई साताअघि प्राधिकरणलाई वुझाएको प्रतिवेदनमा इन्सुलेटर, पिसीभी केवलसहित ७ करोड रुपैयाँ मुल्य बराबरको सामान हराएको उल्लेख छ ।