आर्थिक

सुनको मुल्य बढ्यो

- केएफएम डेस्ककाठमाडौं

बजारमा सुनको मुल्य उकालो लागेको छ ।

कारोबारको चौथो दिन आज सुनको मुल्इ प्रतितोला २ हजार रुपैयाले वृद्धि भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने अघिल्लो कारोबारको दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा खरिदबिक्रि भएको थियो । 

सोमबार सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु त्यस दिन बजार खुल्दा १ लाख ५२ हजार दुई सय कायम भएको महासंघले उल्लेख गरेको छ । 

यसैबीच सुन सँगै चाँदीको मुल्य स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।