सिर्सिया सुक्खा बन्दरगाह भन्सारद्वारा ६ महिनामा २३ अर्ब राजश्ज सङ्कलन
- वीरगञ्जपर्सास्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा २३ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको जनाएको छ ।
कार्यालयले पुस महिना सम्म २३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो । पुस महिनामा ४ अर्ब ७४ करोड ७९ लाख रुपैया राजश्व सङ्कलनको लक्ष्य पाएको यो भन्सारले लक्ष्यको ७५ दशमलव ०३ प्रतिशत मात्र राजश्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षमा ६० अर्ब ४ करोड रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य राखेको सो भन्सारले बार्षिक लक्ष्यको जम्मा ३८ दशमलव ७८ प्रतिशत राजश्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्कक छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले राजश्व असूलीको अवस्था सुधारोन्मुख रहेपनि अझै सुधार हुन प्रमुख बस्तुहरुको आयात बढ्नुपर्ने बताउनुभयो ।