सामसङको 'बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिन' नेपाली बजारमा
- काठमाडौंनेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
ठूला–लोडको लागि पूर्ण रुपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ ।
एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरु प्रस्तुत गर्दै यी वाशिङ मेसिनद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन् ।
सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ । हाइजीन स्टीमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जी हटाउने कम्पनीले जनाएको छ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ ।
कम्पनीका अनुसार एआई कन्ट्रोलले प्रयोगकर्ताको वाश ह्याबित सिक्छ, र पर्सनलाइज्द साइकलको सुझाव दिई सम्पूर्ण प्रक्रियाको प्रयोगकर्तालाई जानकारी गराउने प्रणालीमार्फत लन्ड्रीलाई सरल बनाउँछ । त्यसपछि छ सामसङको इनोभेतिव एआई इकोबबल टेक्नोलोजी, जसले मेसिनमा डिटर्जेन्टलाई बबलमा रुपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडालाई नरम र प्रभावकारी धुलाई दिने विज्ञप्तिमा उल्लेख छ ।
डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआइटी) ले यी वाशिङ मेसिनमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्ने जनाएको छ । स्लिक र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोडहरू ह्यान्डल गर्न सक्छ ।
कति पर्छ मूल्य ?
दुई मोडलमा उपलब्ध सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वासिङ मेसिनको मूल्य एक लाख एक हजार ९९० रुपैयाँबाट सुरु हुन्छ। । प्रिमियम लन्ड्री सलुसन पहुँच भित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरणमा शून्य प्रतिशत ब्याज, ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्स मार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।