मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
काठमाडौंमस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आंशिक लगानी जुटेको छ । कुमारी बैंकको नेतृत्वमा ३ वटा बैंक तथा वित्तीय संस्थाले १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो ।
आयोजनामा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिदार्थ बैंक लिमिटेडको संयुक्त लगानी हुने गरी ऋण सम्भौता भएको हो । अन्य बैंक तथा वित्तीय संस्थाले पनि लगानी गर्ने गरी छिट्टै सम्झौता हुने एम.ए पावर प्रालिका अध्यक्ष अनुप आचार्य बताउनुभयो ।
कुल ९० मेगावाट क्षमताको सो आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका हुँदै बग्ने मस्र्याङ्दी नदीमा निर्माण हुनेछ । आयोजना निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाएको छ । प्रवद्र्वक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब, सिद्दार्थ बैंकले २ अर्ब र कृषि विकास बैंकले १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेछन् ।
स्वपुँजीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको लगानी हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० कात्तिक १ मा विद्युत् खरिद–बिक्री सम्झौता गरेको थियो ।
२०८६ बैशाख २२ मा व्यावसायिक रुपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन स्वीकृतिका लागि वातावरण मन्त्रालयमा पेस भएको छ । आयोजनाबाट उत्पादित विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत प्राधिकरणको मार्किचोक सब–स्टेसनमा जोडिने छ ।