उखु किसानलाई कटान आदेश पाउन गाह्रो
-बाराको रिलायन्स चिनी मिलले उखु कटान आदेश दिन नसक्दा किसान चिन्तामा परेका छन् । अहिले हिउँदको बेला उखु खेतमा पानी सुक्दा मुसाले उखुमा नोक्सानी गर्नेसँगै घामले उखु सुकेर तौलमा कमी हुन सक्ने भयले किसानलाई मिलसम्म उखु पुर्याउन हत्तारो भएको छ । तर मिलले किसानलाई चाहे जति कटान आदेश चलान पुर्जी नदिएपछि किसानको उखु खेतमै रोकिएको छ ।
बारा र पर्साका करिब सात हजार किसानले झन्डै ४ हजार विघामा लगाएका उखु आधासमेत कटान हुन सकेको छैन । तर मिल प्रशासनले किसानहरु उखु सफा गरी नल्याउने र कटान आदेश बिना नै सोझै मिलमा जबर्जस्ती ल्याउन थालेपछि कटान आदेश दिन समस्या भइरहेको जनाएको छ ।