आर्थिक

चितवनमा पहिलो राष्ट्रिय डेरी एक्स्पो सुरू

- रमेशकुमार पौडेलचितवन

चितवनमा पहिलो राष्ट्रिय डेरी एक्स्पो सुरू भएको छ । 

चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले संयुक्त रूपमा आयोजना गरेको एक्स्पोको कृषि मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभयो ।

 किसान, उद्योगी र व्यवसायीलाई एकै थलोमा ल्याउने, डेरी उद्योगका नयाँ औजार र प्रविधि बारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताउनुभयो । 

माघ २७ गतेसम्म चल्ने एक्स्पोमा डेरी तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरण, डेरी सफ्टवेयर, डेरीका विभिन्न उत्पादनहरू, दूध सहकारी, पशुपालनका सामाग्री, लगायत गरी एक सय वटा स्टलहरू राखिएको छ । करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने आयोजकको अनुमान छ ।