आर्थिक

सुनको भाउ बढ्यो

- केएफएम डेस्ककाठमाडौं

सुनको भाउ दिनहुँ उकालो लाग्ने क्रम जारी छ ।

हिजो तोलामा २ हजार भन्दा बढीले महँगिएको सुनको मूल्य आज थप ४ सय रुपैयाँले बढेको हो ।

कारोबार हुने साताको अन्तिम दिन आज एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।