आर्थिक

हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा

- केएफएम डेस्क

लामो समयदेखि हेटौंडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक संकट गहिरिँदै गएको छ । उद्योग बन्द हुँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उपकरण मर्मत सम्भार गरी गत मंसिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताएपनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । उत्पादन ठप्प भएपनि नियमित खर्च जस्ताको त्यस्तै रहदा उद्योग थप समस्यामा परेको उद्योगको प्रशासनले जनाएको छ ।

एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगले गत भदौको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट मात्र उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्यामा परेको हो ।