आर्थिक

डिजेल, मट्टितेलको मूल्य १ रुपैयाँले घट्यो

- केएफएम डेस्ककाठमाडौं

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै गएरातिबाट लागू हुने गरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार घटेर आएकोले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोल लिटरको ५० पैसा बढेर आए पनि हाललाई यथावत् राख्ने निर्णय गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।