नेपालमा भित्रियो सात महिनामा ८ अर्ब रुपैयाँ बढीको धान
- काठमाडौंचालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ । वीगञ्ज भन्सार कार्यालयका अनुसार यो वर्षको माघ मसान्त सम्म ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको धान आयात भएको हो । गत आर्थिक वर्षको सोही समयमा ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो वर्षको माघ सम्म धान र चामल दुवैको आयात बढेको छ । यस वर्षको माघ सम्म १ अर्ब ३५ करोड रुपैयाँको चामल आयात गरिएको छ । अघिल्लो वर्षको सोही समयमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात गरिएको थियो । त्यस्तै मकै आयातमा भने सामान्य कमी आएको छ । यो वर्ष मकै आयात १३ प्रतिशतले घटेको छ । माघ महिना सम्म २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मकै आयात भएको सरकारी तथ्यांक छ ।