कोशी प्रदेशको माटोमा अम्लीयपन बढ्दै
- काठमाडौंकोशीप्रदेशको माटोमाअम्लीयपन बढ्दै जाँदाबालीउत्पादन घट्न थालेको छ ।
माटो परीक्षणप्रयोगशालासुनसरीले कोशीप्रदेशका सबै जिल्लामाआर्थिक वर्ष २०८०÷०८१ मा ४ हजार २ सय ४१ माटोको नमुना परीक्षण गरेकोमा ८६ प्रतिशतमाअम्लीयपन भेटिएको हो ।
कोशी प्रदेशका १४ जिल्लामा गरिएको परीक्षणमा माटोमा अम्लीयपन बढेकै कारण बाली तथा बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन–फस्फोरसको मात्रा समेत घटेको र त्यसको असर उत्पादनमा परेको देखिएको छ ।
माटोको उर्वराशक्ति र उत्पादनमा दीर्घकालीन असर पर्ने गरी रासायनिकमलको असन्तुलित प्रयोग तथा माटो परीक्षणविनै हाइब्रिड बालीलगाउने प्रचलनलगायत कारणले अम्लीयपन धेरै भएको कार्यालयले जनाएको छ ।